Logo जेठ ३०, २०७८ आइतबार


सचिव गोपीनाथ मैनाली ‘धुलिखेल सेवाश्री’ मानपदवीबाट विभूषित

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई धुलिखेलको समग्र विकास तथा श्रीवृद्धिमा योगदान गरेको भन्दै ‘धुलिखेल सेवाश्री’ मानपदवीबाट विभूषित गरिएको छ । धुलिखेल नगरपालिकाको ३५ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित विशेष समारोहमा उहाँलाई कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विभूषण तथा सम्मान पत्र प्रदान गर्नुभयाे ।

यस्तै, मैनालीलाई धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले माला तथा दोसल्ला लगाइ सम्मान गर्नुभएकाे थियाे। सचिव मैनालीले करिव तीन दशक अघि धुलिखेल नगरपालिकाको कार्यकारी अधिकृत भै धुलिखेल नगरको भौतिक, शैक्षिक तथा आर्थिक विकासमा उल्लेख्य काम गर्नुभएकाे थियाे । त्यही समयमा नेपालकै नमूनाका रुपमा रहेको धुलिखेल खानेपानी विकास समितिको सचिवका रुपमा काम पनि गर्नुभएकाे थियाे भने धुलिखेल अस्पताल, काठमार्डौ विश्वविद्यालयको स्थापनाका समयमा आर्थिक सहयोग एवम् जग्गा व्यवस्थापनमा सहयोग गर्नुभएकाे थियाे।

धुलिखेल शहरी क्षेत्रमा ढुंगा छाप्ने काम, पार्क विकास र नगरपालिका भवन निर्माण एवम् नगर क्षेत्रका प्रत्येक घरमा शौचालय र धारोको व्यवस्था गर्ने कामका अतिरिक्त त्यसपछिका समयमा पनि उहाँ निरन्तर रुपमा धुलिखेलको श्रीवृद्धिमा लागि रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…