डोनाल्ड ट्रम्पको भव्य प्लाजा बम विस्फोट गराएर ध्वस्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प प्लाजा क्यासिनो बम विष्फोटका कारण ध्वस्त भएको छ। यो भवन मापदण्डअनुसार नियमित रुपमा मर्मत नभएको र यसका भागहरु भत्केर खस्न थालेपछि यो भवन विष्फोट गराएर भत्काइएको हो । ३२ तलाको यो भवन भत्काउन २० सेकेण्डभन्दा कम समय लागेको थियो ।
यो क्यासिनो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएका थिए अहिले भने यसको मालिक कार्ल इक्हान थिए । अर्बपति इक्हानले २०१६ मा ट्रम्पका योसहित अन्य २ गरी कूल ३ क्यासिनो किनेका थिए । यी ३ क्यासिनो टाट पल्टिएको घोषणा गरिएपछि इक्हानले किनेका थिए ।
बाँकी रहेको भवनको ८ तला जसलाई बुलडोजर लगायतका उपकरण प्रयोग गरेर जूनको मध्यसम्ममा भत्काइने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्यासिनोमा १९८४ देखि १९९१ सम्म इभेन्ट म्यानेजरको रुपमा काम गरेका बर्नी डिलरने भने ‘हामीले जसरी ट्रम्प प्लाजा र एटलान्टिक सिटीलाई विश्वको लागि नक्सामा जसरी स्थापित गरायौं यो अद्भूत थियो ।’
यो क्यासिनोमा विभिन्न कार्यक्रममा ठूला ठूला सेलिब्रेटीहरु सहभागी भए । माइक टाइसनको बक्सिङ इभेन्टभन्दा अघिल्लो रात यहाँ हल्का होगन, माइक ज्यागरदेखि केथ रिचार्डससम्म आएका थिए ।