Logo जेठ ३०, २०७८ आइतबार


‘अदालत र वकिलको कहिल्यै अपमान गरेको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै अदालत र वकिलको अपमान नगरेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएको छ । आफूविरुद्ध परेका अवहेलनाका २ मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले अदालत र वकिललाई सधैँ सम्मान गर्दै आफूले आदरार्थी भाषा प्रयोग गर्ने गरेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो लिखित जवाफमा भन्नुभएको छ , ‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु, न त कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ।’

जवाफ बुझाउन आफैँ सर्वोच्च पुग्नुभएका प्रधानमन्त्रीले गत ९ माघमा आफ्नो समूहले आयोजना गरेको एक कार्यक्रममा प्रतिनिधिसभा विरुद्ध सर्वोच्चमा भइरहेको बहसलाई ‘तमासा’ र ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भन्दै व्यंग्य गर्नुभएको थियो । ओलीले अभिव्यक्तिमार्फत अदालतको अवहेलना गरेको भन्दै १३ माघमा दुई निवेदन दर्ता भएका थिए । त्यसपछि सर्वोच्चले आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेद्वारा दर्ता निवेदनको लिखित जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘‘अदालतको अवहेलना गर्ने, अवहेलनाजन्य अभिव्यक्ति दिने कुनै कार्य मबाट भएको थिएन, छैन र हुनेछैन भन्ने सम्बन्धमा सम्मानित अदालतसमक्ष स्पष्ट पार्न चाहन्छु । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासनको पक्षमा दशकौँ लडी संवैधानिक विधि र कानुनी प्रक्रियाबाटै मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भई कार्य गरिरहेको राजनीतिक व्यक्तिबाट अदालतको अवहेलना हुने कार्य भएको भनी दायर निवेदन नै अनुचित तथा पूर्वाग्रहपूर्ण छ ।’

निवेदकबाट चर्चामा आउनका लागि मुद्दा दायर भएको आरोपसमेत प्रधानमन्त्री ओलीले लगाउनुभएको छ । आफूले दिएको अभिव्यक्तिमा अदालतको अवहेलनासम्बन्धी विषय आकर्षित हुन नसक्ने उहाँको तर्क छ । त्यस्ता कार्यलाई नियन्त्रण गरिनुपर्ने पनि ओलीको को माग छ । प्रधानमन्त्रीले लिखित जवाफ उल्लेख गर्नुभएको छ, ‘सम्मानित सर्वोच्च अदालतमा मैले पेस गरेको लिखित जवाफ सम्बन्धमा आफ्नो भनाइ राखेको हुँ र त्यसमा बोलिएका केही शब्द तथा वाक्य उल्लेख गरी पूरा शब्द तथा वाक्यलाई नहेरी मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीचबीचबाट शब्द निकाली फूलबुट्टा भरी निवेदन पेस भएको देखिन्छ ।’

लिखित जवाफमा उहाँले आफू पाँच दशकदेखि विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, समतामूलक समाजको पक्षमा उभिँदै १४ वर्ष जेलमा बसेको पनि उल्लेख गर्नुभएको छ । आफू पदमा हुँदा वा नहुँदा न्यायपालिकाको स्वतन्त्रता र गरिमाको पक्षमा दृढताका साथ उभिइरहेको पनि प्रधानमन्त्रीले जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्रीले कानुन व्यवसायीहरूलाई आफ्नो पेसाको मर्यादा आफैँ राख्न पनि सुझाउनुभएको छ । ‘कानुन व्यवसाय अर्थात् वकालत पेसा एउटा स्वतन्त्र तथा मर्यादित पेसा भएको र अदालतको काम–कारबाहीमा कानुन व्यवसायीको आवश्यकता अनिवार्यजस्तै मानिन्छ । आफ्नो पेसाको मर्यादा राख्ने कार्य गर्नु स्वयं कानुन व्यवसायीको नै कर्तव्य हो,’ उहाँको जवाफमा उल्ल्ेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…