Logo बैशाख ६, २०७८ सोमबार


हत्या प्रकरणमा पक्राउ परेका किशोरद्वारा बलात्कारसमेत गरेको स्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले अन्तत: आफूले बलात्कार समेत गरेको स्वीकार गरेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् ।

किशोरले यसअघि आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए । तर बिहीवार अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको किशोरले स्वीकार गरेका हुन् ।

स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । किशोरले बयानका क्रममा उनका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेकोको त्यसैको बदला लिन यस्तो घटना घटाएको बताएको स्रोतको भनाइ छ । प्रहरी अनुसन्धानले पनि सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको खुलाएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको थियो ।

अभियुक्त भन्दै प्रहरीद्वारा सार्वजनिक गरिएका किशोरले शुरुमा हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने दबाब थियो। तर बिहीवार अभियुक्तकै बाबुका सामुन्ने आफूले बलात्कारपछि हत्या गरेको उनले स्वीकार गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।