Logo जेठ ३०, २०७८ आइतबार


‘लोकतन्त्र जीवन व्यवहार,पद्दति र पुस्ता हस्तान्तरणको संस्कार हो’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र नभएर हाम्रो सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार भएको बताउनुभएको छ । ७१औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुमकामना दिंदै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रकृया हो । यो जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विश्वास र त्यसअनुरुप व्यवहारबाट मात्र पूरा गर्न संभव छ ।’ शुभकामना वक्तव्यमा सापकाटोले भन्नुभएको छ, ‘लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र होइन यो हाम्रो सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि हो ।’

सभामुख सापकाेटाले लोकतन्त्र र संविधानमाथि देखिएको चुनौतीको सामना गर्न सबै पक्षलाई अनुरोध समेत गर्नुभएको छ।

‘सात दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संघर्षहरु र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व वहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।’

उहाँले भन्नुभएको छ, ‘लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समिक्षा गर्नु पर्ने अवस्था सृजना भएको छ । लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीहरुको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।