Logo बैशाख २९, २०७८ बुधबार


सरकारको स्वेच्छाचारी कदम गम्‍भीर रूपमा हेर्नुपर्छ : अधिवक्ता पाठक

काठमाडौं । वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले प्रतिनिधि सभा विघटन गर्ने सरकारको स्वेच्छाचारी कदमलाई गम्भीर रुपमा हेर्नुपर्ने बताउनुभएको छ ।

एमिकस क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा शुक्रबार बहस गर्दै अधिवक्ता पाठकले सरकारको स्वेच्छाचारी कदमलाई गम्भीर रुपमा नलिए प्रतिनिधि सभा विघटनलाई सही छ भनेर वस्तुनिष्ठ तरिकाबाट प्रमाणित गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारको स्वेच्छाचारी कदम गम्‍भीर रूपमा हेर्नुपर्छ । होइन भने यो कदम सही छ भनेर वस्तुनिष्ठ तरिकाबाट प्रमाणित गर्नुपर्छ ।’ अधिवक्ता पठाकले प्रधानमन्त्री ओलीका कारण संविधान कोमामा पुगेको र आफूहरु पनि कोमामा नै भएका बताउनुभयो ।

एमिकस क्युरीका तर्फबाट अधिवक्ता पाठक अन्तिम बहसकर्ता हुनुहुन्छ । उहाँको बहसपछि सर्वोच्चले फैसला सुनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…