Logo बैशाख २८, २०७८ मंगलबार


बाग्मती प्रदेश सरकारले मनायाे ७१औं प्रजातन्त्र दिवस (फाेटाेफिचर)

पुष्पराज अधिकारी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार ७१ औं प्रजातन्त्र दिवस मनाईएको छ । हेटौँडा–४ भुटनदेवी स्कुलको चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

प्रजातन्त्र दिवस मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा गरिएको प्रभातफेरी पछि भएको सभाका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले २००७ सालमा जनताले ल्याइएको प्रजातन्त्र र प्रजातन्त्र ल्याउन सहादत प्राप्त गरेका शहीदको रगतलाई सम्मान गरिनुपर्ने बताउनुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारसंविधान, विधि एवं पद्धति पालनमा पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचार, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्था भएकाले सोही अनुरुप आफ्नो आचारण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राणा फालेर ल्याइएको प्रजातन्त्रको सबैले रक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…