Logo जेठ ३०, २०७८ आइतबार


रासस हीरक वर्षमा प्रवेश, विभिन्न विधामा कर्मचारी पुरस्कृत

काठमाडाैं । राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६०औं वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षका रुपमा मनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

हीरक वर्ष शुभारम्भका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरी राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएकाे छ।

राष्ट्रिय समाचार समितिमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो पदक प्रदान गर्नुभयो ।

कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, कार्यकारी सम्पादकहरू कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत, दिलीप अधिकारी र शीतलप्रसाद महतो, बाग्मती प्रदेश प्रमुख सुरेशकुमार झा, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी, वरिष्ठ समाचारदाताहरू हिमांशुकुमार चौधरी, प्रभाषचन्द्र झा, राजाराम कार्की र विष्णुप्रसाद नेपालले पदक प्राप्त गर्नुभयो ।

निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ ।

निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन, २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…