Logo बैशाख १, २०७८ बुधबार


नयाँबस्तीमा त्रिकायबुद्ध प्रतिमासहित बुद्धशान्ति पार्क (फाेटाेफिचर)

काठमाडौं । जोरपाटीको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नव निर्मित त्रिकायबुद्ध प्रतिमाको लोकार्पण गरिएको छ ।
बुद्धशान्ति पार्कसहित नवनिर्मित त्रिकायबुद्ध प्रतिमाको शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं क्षेत्र नं. ३ का सांसद कृष्ण राईले अनावरण गर्नुभएको हो ।

त्यसअघि खेम्बो निमा दोर्जे लामाको अगुवाइमा लामा पुजापाठ गरिएको थियो । त्यस अवसरमा खेम्बो लामाले बौद्ध दर्शनसम्बन्धी प्रवचन दिनुभयो । यस्तै आमा समूहले मोलम पाठ समेत गरेका थिए ।

वसन्त रिजालको सभापतित्वमा सम्पन्न अनावरण समारोहमा काठमाडौं क्षेत्र नं.३ का प्रदेश सांसद छिरिङ दोर्जे लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थितलाई नयाँवस्ती युवा क्लबका अध्यक्ष रामकुमार लामाले स्वागत गर्नुभयो । यस्तै स्थानीय समाजसेवी तिमालसिंह तामाङले उपस्थित तथा दाताहरुलाई धन्यवाद दिनुभयो ।

उक्त त्रिकायबुद्ध प्रतिमासहितको बुद्ध शान्ति पार्कको गत जेठ ३० गते वडा ५ का अध्यक्ष सुवेदी र वडा ६ का अध्यक्ष रमेश अर्यालले संयुक्त शिलान्यास गर्नुभएको थियो । बुद्ध शान्ति पार्क निर्माणका लागि विभिन्न दाताबाट संकलित २९ लाख रुपैयाँ खर्च भएको बताइएको छ । यस्तै संकलित रकममध्येबाट बाँकी सात लाख रुपैयाँ भने अक्षयकोषमा जम्मा गरिएको नयाँवस्ती युवा क्लबका सचिव चन्द्रमणी गौतमले जानकारी दिनुभयो ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…