Logo बैशाख ३१, २०७८ शुक्रबार


चौतर्फी विरोधपछि खुलामञ्च खुलाउन बल्ल तात्यो महानगर

काठमाडौं । विभिन्न राजनीतिक परिवर्तनको साक्षी एवं राजनीतिक कार्यक्रम गर्ने ऐतिहासिक थलो खुलामञ्च केही वर्ष यता अतिक्रमणको चपेटामा परेको छ । काठमाडौं उपत्यकाको पुरानो बसपार्क रहेको ठाउंँमा काठमाडौं भ्यू टावर बनाउने भन्दै यो क्षेत्र अतिग्रहण भएपछि अहिले खुलामञ्च भित्र बसपार्क बनाइएको छ । जसका कारण ठूला–ठूला सभासम्मेलनको लागि उपत्याकामा खाली ठाउँ नहुँदा राजनीतिक दलहरुले सडकमै आमसभा र विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । देशकै ऐतिहासिक ठाउँकै अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको काठमाडौं महानगरपालिकाले चौतर्फी विरोध र दवाव बढेपछि यही फागुन ५ गते बुधवारदेखि खुल्लामञ्चमा अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काउन तदारुकता देखाएको छ ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, आमसभालगायतले सडकहरु अस्तव्यस्त हुँदा नागरिकले खेप्नु परेको सास्तीलाई लिएर बढेको जनदबाबपछि महानगरले खुलामञ्च खाली गर्न तदारुकता देखाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरे यता दैनिक जसो काठमाडौंको सडक नै कब्जा गरेर सरकार पक्ष र अन्य विभिन्न राजनीतिक दलहरुले आमसभाहरु गर्दै आएका छन् । जसका कारण सर्वसाधारणले ठूलो सास्ती व्यहोर्दे आउनुपरेको छ । बीच सडकमै ठूला सभाहरु हुँदा उपत्यकाकै ट्राफिक आवागमन दिनभर अस्तव्यस्त हुने गरेको छ भने नागरिकले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र व्यापार व्यवसाय गर्न समेत पाएका छैनन । खुलामञ्चमा हाल वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माणका सामग्रीहरु राखिँदै आएको छ ।

साथै यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा टहरा बनाएर बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भइसके पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदारहरु हटाइएको थिएन । त्यसो त यसअघि देखिनै अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खुला गर्नुपर्ने भन्दै विभिन्न चरणवद्ध आन्दोलन समेत गरेका थिए । तर पनि काठमाडौं महानगरले त्यति चासो देखाएको थिएन् । अहिले आएर ढिलै भएपनि महानगरले खुल्लामंचलाई खुला गराउने अग्रसता देखाएको प्रति अभियान्ताहरु पनि सकारात्मक देखिएका छन् ।

इतिहासलाई हेर्ने हो भने पनि युगौंदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चको आफ्नै विशेषता छ । मुलुकमा अहिलेसम्म भएका ठूला राजनीतिक परिवर्तनमा यो खुल्लामंचको आफ्नै विशेषता र महत्व रहेको छ । अहिले आधुनिकता संगै काठमाडौंमा बढ्दै गएको शहरीकरणले थप जोखिम समेत निम्त्याएको छ ।

२०७२ सालमा भुकम्प जांदा सयौँले ज्यान गुमाउनुपरेको थियो । भने घरबारविहिन भएकाहरु यही खुल्लामंचमा आएर बसेका थिए घाइतेहरुलाई समेत उपचारको लागि यो स्थानमा राखिएको थियो । यस्ता आपतकालिन समयको लागि पनि खुल्लामंचलाई सधैको लागि खुल्ला राख्नुपर्नेमा स्थानीय जनप्रतिनिधीहरुको जोड छ ।

काठमाडौं महानगरले बसपार्क रहेको क्षेत्रमा भ्यू टावर बनाउने भन्दै निर्माण कम्पनीलाई ठेक्का दिएपनि ठेक्का सम्झौता भएको ५ बर्ष वित्न लाग्दा समेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्र साँघुर्याएर बसपार्क बनाउन भाडामा दिएको थियो । यस क्षेत्रमा केही सटर बनाएर भाडामा दिइएको थियो । केही समयको लागि भनेर महानगरले खुल्लामंच क्षेत्र प्रयोग गर्ने भनिएपनि बसपार्क सहितको भ्यू टावर समयमै नबनेका कारण यतिबेला राज्यकै एक एतिहासिक स्थलको अस्तिव नै संकटमा पर्ने होइन भन्ने चिन्ता बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…