Logo बैशाख १, २०७८ बुधबार


६ लाख घुससहित हाेटलबाट नायब सुब्बा पक्राउ

बारा । जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल ६ लाख घुससहित पक्राउ परेका हुन् ।

जितपुर सिमरा ४ मा रहेको रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो । घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…