Logo फाल्गुन १४, २०७७ शुक्रबार


पाँच लेखक पुरस्कृत

बागलुङ । रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ । गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत हुनुभएको छ ।

निबन्ध कृति ‘भौज्याहा’ का लागि उहाँ पुरस्कृत हुनुभएको हो । म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुनुहुन्छ । यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा. प्रमोद ढकालले प्राप्त गर्नुभएको छ । २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’ का लागि उहाँलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’ का लागि उहाँ पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ । गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा. रमेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ ।

‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत हुनुभएको हो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत हुनुभएको हो । उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक/संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु-याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक/संरक्षक छोटाले बताउनुभयो ।

पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् । साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गर्नुभएको थियो । -रासस

प्रतिक्रिया दिनुहोस्
विशेष

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो ।

शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।