रविना र सन्देशकाे ‘हावा डाँडैमा’ (भिडियाेसहित)

काठमाडौं । रविना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ सार्वजनिक भएको छ । गीतको शब्द निर्मल परियार, संगीत सूर्यमणि आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।
डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय रहेको छ । छायाँकंन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् । गायिका रविनाले चाडपर्व, मेला महोत्सवमा गाउन मिल्ने शैलीमा गीत तयार पारिएको बताउनुभयो ।
भिडियाे