Logo जेठ ३०, २०७८ आइतबार


नेपाल–भारतकाे सुनाैली नाका अवरूद्ध

प्रतिक पाैडेल

रूपन्देही । नेपाल–भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले नाका अवरुद्ध बनाएका छन् । भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले आज दिउसो सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् ।

भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिएपनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि विरोध उत्रिएको उनीहरुले बताएका छन् ।

विरोध प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाका उत्रिएपनि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीहरुसँग छलफल गरी खुुलाउने पहल भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेल जानकारी दिनुभयाे । भारतीय पक्षले नेपालीहरुलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको घिमिरेकाे भनाइ छ ।

दुई देशका सुरक्षा निकायहरु बीच छलफल गरी समस्या समाधान गर्ने पहल भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…