Logo बैशाख २९, २०७८ बुधबार


समाचारहरु सनसनीपूर्ण बनाउन खोज्दा समाजमा विग्रह ल्याउने चिन्ता

काठमाडाैं । पछिल्लो समय प्रकाशित भएका समाचारहरुले समाजमा विग्रह ल्याउन सक्ने भन्दै सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेसण हुन नसकेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरेका हुन् । खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृति रहेको र यसले अनुसन्धानमा असर पुर्याउने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक विग्रने गरेको उहाँको गुनासो छ ।

नेपाली सेनाका सूचना अधिकारी सन्तोषवल्लभ पौडेलले समाचार र समाचारको शीर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो । कुनैपनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृतिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताउनुभयो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो, कुन मिडियाको पत्रकार हो र उसको जिम्मेवारी के हो भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताउनुभयो । खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको पनि उहाँले बताउनुभयो । यस्तै अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखि पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उहाँले बताउनुभयो ।

गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताउनुभयो । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवस्यकता रहेको बताउनुभयो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताउनुभयो । तर उच्च पदस्थहरुको विरोध गर्यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता सदभावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खासगरी महिला सम्बन्धी घटनामा पत्रकारहरुले गोपनीयतामा ध्यान नदिएको पाइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने थ्रेटमा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताउनुभयो । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैले समेत सच्याउनुपर्ने बताउनुभयो । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका प्रवक्ता इश्वरराज दाहालले कुनैपनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र सोही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताउनुभयो । यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन कानूनमा संशोधन आवश्यक रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चार माध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गर्नुभयो । पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठिक छ की छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारले संकलन गर्ने सूचना र त्यसबाट बन्ने समाचारको प्रभाव कस्तो पर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । यस्तै नयाँ मिडियाहरु र समाजिक सञ्जाललाई नियमन गर्न पनि जरुरी रहेको प्रवक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…