Logo असार १, २०७८ मंगलबार


थप ८८ जनामा काेराेना संक्रमण पुष्टि, १३६ निकाे भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर २ हजार ४८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६९ हजार ७५५ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५३५ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३६ हजार ३०९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ५३५ जना आइसोलेसन र ७१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…