Logo असार ४, २०७८ शुक्रबार


वरिष्ठ नेता खनाल स्वास्थ्य उपचार गरी स्वदेश फिर्ता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आन्दोलनरत पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किनुभएको छ ।

स्वास्थ्य उपचारका लागि चार दिनअघि भारत जानुभएका वरिष्ठ नेता खनाल स्वास्थ्य उपचार गरी आज (शनिवार)  स्वदेश फर्किनुभएको हो ।

नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र क्रमिक रुपमा सुधार भइरहेको बताउनुभयो । चिकित्सकको सल्लाह अनुसार केही दिन स्वास्थ्य लाभका लागि आराम गर्ने उहाँले बताउनुभयो । केही दिनको आरामपश्चात राजनीतिक गतिविधिमा क्रियाशील हुने नेता खनालको भनाइ छ ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा बोल्दै नेता खनालले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई नै दिनेमा सबैलाई ढुक्क रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…