Logo जेठ ३०, २०७८ आइतबार


तागत भए प्रदेश सभा भंग गर्न मुख्यमन्त्रीलाई आचार्यकाे चुनाैति

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिनुभएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताउनुभएको हाे ।

मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताउनुभयो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उहाँले बताउनुभयो ।

संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको बताउनुभयो । सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको बताउनुभयो । आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घोडा टेकाएर छाड्ने बताउनुभयो ।

प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरी पनि ट्रयाकमा ल्याउने आचार्यले बताउनुभयो । प्रदेश सभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छफफल भई टुंगोमा पुग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…