Logo जेठ ३०, २०७८ आइतबार


सीमा क्षेत्रमा नेपालीमाथि एसएसबीको दुर्व्यवहार, सामान खोसिदिने र कुकुर लगाएर लखेट्नेसम्मका व्यवहार

काठमाडौं । नेपाल–भारत सीमा–नाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले नाका अवरुद्ध बनाएका छन् ।

भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिवार दिउँसो सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् । भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिएपनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि विरोधमा उत्रिएको उनीहरुले बताएका छन् । विरोध प्रदर्शन गर्दै नेपालीहरु आवागमन ठप्प पार्ने गरी नाकामा उत्रिएपनि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ ।

नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीहरुसँग छलफल गरी खुुलाउने पहल भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

भारतीय पक्षले नेपालीहरुलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको उहाँको भनाइ छ । उहाँले दुई देशका सुरक्षा निकायहरु बीच छलफल गरी समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो ।

शनिबार दिउँसो बेलहियाका स्थानीय र सामान खरिद गर्न अन्यत्रबाट आएका नेपालीले बेलहिया–सुनौली दशगजा क्षेत्रमा नाराजुलुस गरेपछि दुई घण्टा नाका ठप्प भएको हो।

उनीहरुले किनमेलका लागि भारतीय बजार सुनौलीमा पुगेका नेपालीहरुलाई एसएसबीले अपशब्द बोल्ने, कुकुर लगाएर लखेट्ने, सामान खोसिदिने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…