Logo बैशाख ६, २०७८ सोमबार


पर्यटक तान्न इलाममा अरनिको संग्राहालय

इलाम । जिल्ला सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालिन दरवारलाई अरनिको संग्राहालय बनाउने काम तिब्र रुपमा अघि बढेको छ ।

इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्राहालय बनाउने काम अघि बढेको हो ।

सय वर्षे पुरानो राणकालिन दरवारलाई अरनिको संग्राहालय बनाउन लागिएको छ । सरकारले स्थानीय तहलाई दरबार हस्तान्तरण गरेसँगै इलाम नगरपालिका सातमा अरनिको संग्राहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो । यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्राहालय बनाउन नगर साहित्य प्रतिस्ठानलाई जिम्मा दिएपछि काम थालिएको हो । संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका वेषभुषा, भाडावर्तन लगायतका सामग्री राखिन थाललिएको छ । त्यस्तै पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरुलाई संग्राहालयमा राखिएको नगर साहित्य प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताउनुभयो ।

जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने तयारी भईरहेको छ । भवनमा २२ वटा कोठा छन् । संग्रहालयमा आउने पर्यटकले जिल्लाका पर्यटकीय स्थलको पनि जानकारी पाउने छन् । पर्यटकीय क्षेत्रका गन्तव्यको जानकारीका लागि संग्राहालयमा एउट हल निर्माण भएको छ जहाँबाट भिडियो हेरेर जिल्लाका अन्य पर्यटकीय क्षेत्रको जानकारी पाउँन सकिने सचिव भण्डारीको भनाई छ ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा इलाममा बडाहाकिम भएर आएका गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिङ थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हाल्नुभएको थियो । दरवार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।