Logo बैशाख २९, २०७८ बुधबार


मौरी पालेर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी,दुईजनालाई रोजगारी

-सुमित श्रेष्ठ

रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ आहाल डाँडाका मौरी कृषक श्रीकृष्ण श्रेष्ठले मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । मौरीको घार र मह बेचेर श्रीकृष्णले वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ आहाल डाँडाका मौरी कृषक श्रीकृष्ण श्रेष्ठले मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । घरमा थोरै घारमा मौरी पाल्दै आएका श्रेष्ठले २०७२ सालदेखि व्यवसायिक रुपमै मौरीपालन गर्दै आउनुभएको हो ।

अहिले २ सय ५० घारमा मौरीपालन गरेका श्रेष्ठको आगामी जेठसम्ममा ७ सय घार पुर्याउने लक्ष्य छ । १ केजी महलाई एक हजार रुपैयाँ पर्दछ भने एक घार मौरी ८ हजार रुपैयाँमा बिक्री हुन्छ । आहालडाँडा उन्नत मौरी फार्म दर्ता गरि मौरीपालन तथा घार निर्माण व्यवसाय सुरु गरेका श्रेष्ठले वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

मौरीको घार बनाउने कारखाना नै सञ्चालन गरेको श्रेष्ठको फार्ममा दुई जनाले रोजगारी पाएका छन् ।

मौरीपालन व्यवसायसँगै श्रेष्ठले फलपूmल खेती तथा बाख्रापालन व्यवसाय पनि गर्नुभएको छ । मौरीले फलपूmलको बोटमा पराग सेचन गर्ने भएकाले फलपूmल पनि दोब्बर उत्पादन हुने कृषक श्रेष्ठको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…