दोस्रो पटक आमा बनिन् करिना

एजेन्सी । बलिउड नायिका करिना कपुर दोस्रोपटक आमा बनेकी छिन् । आइतबार बिहान उनले दाेस्राे छोरालाई जन्म दिएकी हुन् । करिना शनिबार राति ब्रीच क्याण्डी अस्पतालमा भर्ना भएकी थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना र सैफ अली खान आफ्नो दोस्रो सन्तान भएकोमा खुशी मनाइरहेको छन् ।