Logo फाल्गुन १४, २०७७ शुक्रबार


नेपाली समाजको डरलाग्दो पाटो : १० वर्षमूनिका बाल बलात्कारीको संख्या बढ्दो

काठमाडौं । बैतडीका भागरथी भट्टको बलात्कार र हत्यामा उनकै भाइ नाता पर्ने दिनेश भट्टको संलग्नता पुष्टि भएपछि नेपाली समाज कतातिर जाँदैछ भन्ने चिन्ता बढेको छ । कक्षा ११ मा अध्ययनरत उमेरले भर्खर १६ पुगेका किशोर बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न भएको पुष्टि हुनुले सबैलाई आश्चर्यचकित बनाएको छ ।

नेपाल प्रहरीको तथ्यांक त्योभन्दा बढी आश्चर्यलाग्दो र चिन्ता लाग्ने किसिमको छ । आर्थिक वर्ष २०७५/७६ को बलात्कार सम्बन्धि मुद्दामा ८ जना बालकहरुको संलग्नता पुष्टि भएको छ जसको उमेर १० वर्षमुनिका छन् । उक्त आर्थिक वर्षमा प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा एक–एक जना, बाग्मती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना १० वर्षमुनिका बालक बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १० वर्षमुनिका ५ जना बालक बलात्कारको मुद्दामा पीडक भएको प्रहरीको तथ्यांकले देखाउँछ । जसमा लम्बिनी प्रदेशमा २ जना र उपत्यकामा ३ जना बालक बलात्कारको मुद्दामा पीडक छन् ।

चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकमा पनि बलात्कारमा संलग्न २ जना बालक १० वर्षमूनिका छन् । दुबै जना लम्बिनी प्रदेशका हुन् । धेरैजसो बालकले आफ्नै वा आफूभन्दा कम उमेरकी बालिकालाई बलात्कार गर्ने गरेको तथ्यांकले देखाउछ ।

तथ्यांक अनुसार पछिल्लो साँडे दुई वर्षमा १० वर्षमुनिका ७ सय २२ बालिका बलात्कृत भएका छन् ।

इन्टरनेट र सोसल मिडियाको बढ्दो प्रभाव र अभिभावकहरुको वेवास्तापनले गर्दा बालबालिकाहरुमा सानैदेखि अपराधिक मनोवृत्ति बढेको पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउनुहुन्छ । बालबालिकामा नैतिक शिक्षा नुपुगेकाले पनि यस्ता घटनाहरू बढिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।