वसन्त लाग्यो, आरु फुल्यो (फोटोफिचर)

काठमाडाैं । सबै ऋतुहरुको आआफ्नै विशेषता र गुण भएपनि वसन्त ऋतुलाई सर्वश्रेष्ठ ऋतुको रुपमा लिइन्छ । यो ऋतु ज्यादै नै मनमोहक हुन्छ । मनमोहक रुपमा विभिन्न फूलहरु यसै ऋतुमा फुल्ने गर्दछन् । वातावरण हरियाली र चञ्चल देखिन्छ ।
यस वर्षको वसन्त ऋतुको सुरुवातसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न फूलहरु फुल्न थालिसकेका छन् । काठमाडौं उपत्यकाका पार्क तथा सडकको दायाँवायाँ रोपिएका विभिन्न विरुवाहरूमा फूलहरु फुलेर शहरको सौन्दर्य मनमोहक बनाएको छ । बागमती करिडोर किनारमा लगाइएका आरुका बोट फूलले ढकमक्क ढाकिसकेका छन् ।
मंसिरमा पाकेको धान घरमा भित्र्याएर माइतीमा गएकी छोरीचेलीहरु वसन्त ऋतुको आगमनसँगै घर फर्किनुपर्छ भन्ने नेपाली सामाजिक मान्यता पनि छ । यसो भन्नुको अर्थ ‘खेतीपाती’को मौसम शुरु भयो भन्ने हो।
वसन्त लागेसँगै पशुपंक्षीहरूकाे प्रणय समय पनि शुरू हुन्छ ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार