Logo असार १, २०७८ मंगलबार


महिला हिंसाविरूद्ध अनेमसंघकाे विराेध प्रदर्शन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दाेलनरत पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

शान्तिबाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजीसहित वसन्तपुरसम्म र्‍याली गरेका थिए । नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायतको उपस्थितिमा भएको विरोध प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराबाजी गरिएको थियो । यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डासमेत बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।