Logo असार १, २०७८ मंगलबार


माङ्सेबुङको बजेट संसोधन, थपियो १२ करोड ४२ लाख

भगीरथ भण्डारी
इलाम । माङसेबुङ गाउँपालिकाको आठौं गाउँसभाले सातौं गाउँसभाबाट पारित बजेटलाई आठौं गाउँसभाले १२ करोड ४२ लाख ३० हजार ६ सय ५२ रुपैयाँ संसोधन गरेर पारित गरेको छ । ३३ करोड ११ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेटलाई ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रस्तुत गरेको अनुमानित ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । गाउँसभाले आयतर्फ संघीय समानीकरण अनुदान ८ करोड ७८ लाख, संघीय राजस्व बाँडफाँड ६ करोड ७२ लाख ९३ हजार ३०, प्रदेश समानीकरण अनुदान ६९ लाख ९१ हजार, प्रदेश सवारी कर बाँडफाँड ४९ लाख ४ हजार, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय ६२ लाख, मौज्दात १० लाख ११ हजार ९ सय ७०, संघीय सशर्त अनुदान १४ करोड ६९ लाख रुपैयाँ उल्लेख गरेको छ ।

त्यस्तै, संघीय सशर्त अनुदान थप १ करोड १४ लाख ४८ हजार, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, बाँकी बैंक मौज्दात ५ करोड ९१ लाख २८ हजार ६ सय ५२ रुपैंयाँ उल्लेख गरेको छ । गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९संघीय सांसद० ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम ९स्वास्थ्य क्षेत्र० संचालन ३ लाख ३६ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ ।

त्यस्तै, व्ययतर्फ माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा ८३ लाख ५१ हजार, २ मा ७१ लाख ५१ हजार, ३ मा ८६ लाख ५१ हजार, ४ मा ७८ लाख ५१ हजार, ५ मा ९३ लाख ५१ हजार, ६ मा ८४ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रमा ७१ लाख ५० हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ५ लाख, आर्थिक क्षेत्रमा ९४ लाख ४४ हजार, पूर्वाधार क्षेत्रमा ३ करोड ९२ लाख ६० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ६ लाख १६ हजार ६ सय ५२ रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारबाट हस्तान्तिरित कार्यक्रममा १५ करोड ८३ लाख ४८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, पशुसेवा शाखा २० लाख, उर्जा विकास कार्यक्रममा ४२ लाख ५० हजार, स्वास्थ्य शाखामा ४८ लाख ५२ हजार, शिक्षा, युवा तथा खेलकुद शाखामा १ करोड ३४ लाख १७ हजार, कृषि विकास शाखामा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम ९स्वास्थ्य क्षेत्र० संचालन ३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, ५ सदस्यीय लेखा समिति गठन गरेको छ । माङसेबुङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक मैतराज राईको संयोजकत्वमा लेखा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा सन्तबहादुर वि।क।, इन्द्रबहादुर लिम्बू , राममाया लिम्बू र तिलरुपा सबेहाङ रहेका छन । गाउँसभा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…