Logo जेठ ३०, २०७८ आइतबार


प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण

धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पदभार ग्रहण गर्नुभएको छ । आइतबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम पुगेर प्रदेश प्रमुख झाले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’ प्रदेश प्रमुख झाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अनुशासन, इमान्दारी र माटोप्रतिको प्रेमलाई विशेष महत्व दिएर कार्य गर्ने प्रमुख झाले बताउनुभएको छ । उहाँले आफूले पाएको कार्यभारलाई अवसरको रुपमा लिएर काम गर्न बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।