Logo बैशाख ३१, २०७८ शुक्रबार


‘नहुने चुनावको पछि नलागौं, महाधिवेशनको तयारी थालौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैशाखमा चुनाव सम्भव नभएकाले नहुने चुनावको पछि नलागेर महाधिवेशनको तयारी गर्नुपर्ने बताउनुभएको छ । कार्यकर्तालाई महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुहुँदै कोइरालाले सरकारले वैशाखका लागि चुनाव घोषणा गरेपनि त्यो सम्भव नभएकाले पार्टीको महाधिवेशनतिर ध्यान दिनुपर्ने बताउनुभएको हो ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाइ समितिको रिले अनशनमा ऐक्यबद्धता जनाउन आइतबार कीर्तिपुर पुग्नुभएका महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मितिमा चुनाव गराउन नसक्ने प्रष्ट पार्नुभयाे । ‘ओलीले चुनावको मिति घोषणा गरेका छन्, तर त्यो मितिमा उनले चुनाव गराउँदैनन् । किनभने अहिलेसम्म त उनीहरू फुटेकै छैनन्,’ कोइरालाले भन्नुभयो, ‘जब फुट्छन् तब मात्रै उनीहरूसँग स्वतन्त्र चुनाव चिह्न हुन्छ । एउटालाई सूर्य चिह्न दियो भने अर्कोले मुद्दा हाल्छ, त्यसले तीन–चार महिना लम्बिन्छ । कि त दुई वटैलाई छुट्टाछुट्टै दिनुपर्‍यो । तर, म यो सम्भावना देख्दिनँ ।’

महामन्त्री कोइरालाले संघर्षकै माध्यमबाट प्रतिनिधिसभा पुन:स्थापनाका लागि जोड दिनुपर्ने बताउनुभयो । ‘कांग्रेसमा अलमल छैन, कांग्रेस स्पष्ट छ । र, कांग्रेसले अरूसँग मिलेर संघर्ष गर्न हुँदैन भन्ने मेरो मान्यता छ । कांग्रेसले अहिले संघर्ष नै गर्नुपर्ने र हामीले संघर्ष गरेर नै संसद पुन:स्थापनाका लागि जोड दिनुपर्ने कोइरालाको भनाइ छ ।

नेपालमा कम्युनिष्ट फैलिनुको कारण कांग्रेस नै भएको महामन्त्री कोइरालाको धारणा छ । ‘हामीले अब संघर्ष गर्ने एक्लै हो । हामी जब–जब कम्युनिस्टसँग मिल्यौँ, उनीहरूलाई स्थापित गर्ने काम मात्रै भयो ’ उहाँले भन्नुभयो ।  विश्वबाटै पलायन भएका कम्युनिष्टहरु नेपालमा पलाइरहनुका पछाडि बेला बेला कांग्रेसले कम्युुनिष्टसँग मिलेर उनीहरुलाई स्थापित गर्नु मुख्य कारण भएको कोइरालाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…