Logo फाल्गुन १४, २०७७ शुक्रबार


कोरोना खोप खरिदमा अनियतताको आशंका, २० लाख खोपलाई २५ करोड बढी तिरेको पुष्टि

काठमाडौं । नेपालले भारतबाट किन्ने भनिएको २० लाख डोजमध्ये पहिलो खेपमा १० लाख डोज कोरोना भाइरससविरुद्धको खोप आइतबार नेपाल आइपुगेको छ ।

एयर इन्डियाको विमानमार्फत् उक्त खोप आइतबार दिउँसो काठमाडौं ल्याइएको हो । उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल सरकारले पहिलोपटक कोरोना विरुद्धको खोप खरिद गरेर ल्याएको हो । यसअघि भारत सरकारले नेपाललाई १० लाख थान खोप अनुदानमा उपलब्ध गराएको थियो । तर पहिलो खोप खरिदमै व्यापक अनियमितताको आशंका बढेको छ । भारत सरकारको सहुलियतमा खरिद गरिएको भनिएको खोप भारतमा भन्दा प्रति खोप १२८ रुपैयाँ महँगो भएपछि अनियमितताको आशंका बढेको हो ।

सरकारले भारतको सेरम इन्सटिच्युट अफ इन्डियाबाट खोप खरिद गरेको हो । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले भारत सरकारको सहयोगमा खोप सहुलियत मूल्यमा खरिद गरेको दाबी गर्नुभएको छ । तर मन्त्रीको दाबीविपरीत सेरमबाट नेपालले किनेको खोप युरोपेली संघ र भारतले खरिद गरेको भन्दा महँगो देखिएको छ ।

भारतले प्रतिडोज २१० भारतीय अर्थात ३३६ नेपाली रुपैयाँमा उक्त खोप खरिद गरेको जनाएको छ । तर नेपालले खरिद गरेर आइतवार काठमाडौं आइपुगेको खोपको मूल्य भारतको भन्दा १२८ रुपैयाँ महँगो छ । २० लाख डोज खोपलाई नेपालले झन्डै ९३ करोड रुपैयाँ तिरेको छ । अर्थात भारतभन्दा नेपालले साढे २५ करोड रुपैयाँ बढी तिरेर खोप खरिद गरेको हो । तर मन्त्री त्रिपाठी र सरकारी अधिकारीहरुले भने भारत सरकारको सहयोगमा सहुलियतमै खोप किनेको दाबी गर्दै आएका छन् ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले कम्पनीले सुरुमा प्रतिडोज ४ डलर ४० सेन्ट भनेपनि छलफलपछि ४ डलरमा खोप दिन कम्पनी तयार भएको बताउनुभयो ।

उहाँले सेरमबाट नै बंगलादेशले समेत साढे ५ डलर प्रतिडोजका दरले खोप खरिद गरेको दाबी गर्नुभयो । तर ढाका ट्रिब्युनका अनुसार बंगलादेश र सेरमबीच ४ डलरमा खोप खरिद सम्झौता भएको छ ।

नेपाल आइपुगेको खोप प्रदेश हुँदै जिल्लास्थित खोप केन्द्रमा पुर्याइने छ । सरकारले फागुन २३ गतेबाट ५५ वर्षभन्दा माथिका नागरिक, स्थानीय निकायका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेलाई खोप लगाउने तयारी गरेको छ ।

अहिलेसम्म अस्पतालहरुबाट लगाइएको खोप अब समुदायस्तरमा खोप केन्द्र स्थापना गरेर लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।