सोमबार सुनको भाउ स्थिर, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भइको थियो भने सोमबार पनि स्थिर रहेर प्रतितोला ८९ हजार मै कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार ३ सय ३० मा काराेबार भएकाे थियाे ।