Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपा विवादले देश संकटमा फस्यो : मोहनविक्रम सिंह

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादले देश संकटमा फसेको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले नेकपाको विवाद पार्टीमा मात्र सिमित नरहेर देशमा नै संकट उत्पन गराएको बताउनुभएको हो ।

संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्म निरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने महामन्त्री सिंहको भनाइ छ। उहाँले भन्नुभयो, ‘नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै संकटमा पर्यो ।’

यस्तो बेला विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउने बताउँदै धर्म निरपेक्षता हटाउन र एमसीसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उहाँको भनाइ छ।

‘६ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धी गुम्छन् ।’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर गल्ती गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…