Logo बैशाख ३०, २०७८ बिहीबार


अष्ट्रेलियामा आफूसँगै आमावुवालाई यसरी लैजान सकिन्छ

काठमाडौं । अष्ट्रेलियामा आफ्नो बुवा–आमालाई लगेर आफूसँगै राख्न सकिन्छ । यसका लागि स्पोन्सर्ड प्यारेन्ट टेम्पोररी भिसा ( सबक्लास ८७० ) को व्यवस्था गरिएको छ ।
तर यसका लागि अष्ट्रेलियन नागरिक, पीआर पाएको व्यक्ति वा न्युजिल्याण्डको नागरिकले भिसाको स्पोन्सर गर्न अनिवार्य छ ।

भिसाका लागि आवेदन दिनुभन्दा पहिला प्यारेन्ट स्पोन्सरका लागि स्वीकृति प्राप्त हुनुपर्छ । स्वीकृति प्राप्त गरेको छ महिना भित्र भिसाका लागि आवेदन दिनुपर्छ । यो भिसाको प्रोसेसिङ्ग टाइम चारदेखि पाँच महिनाको हुन्छ । तीन वर्षे भिसाका लागि पाँच हजार र पाँच वर्षे भिसाका लागि दश हजार अष्ट्रेलियन डलर शुल्क लाग्दछ ।

यस किसिमको भिसा प्राप्त गरेको व्यक्ति अष्ट्रेलियामा तीन देखि पाँच वर्ष सम्म बस्न सक्छ । त्यो भन्दा बढी बस्ने इच्छा भएमा पछि गएर दश वर्षसम्मको भिसाका लागि आवेदन दिन सकिन्छ ।

यस भिसा अन्तर्गत अष्ट्रेलिया आउने व्यक्तिले आम्दानी हुने काम गर्ने अनुमति भने पाउँदैन । तर भिसाको म्याद रहेसम्म अष्ट्रेलिया बाहिर जान र अष्ट्रेलिया प्रवेश गर्न कुनै रोक हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…