Logo फाल्गुन १५, २०७७ शनिबार


काेराेना संक्रमणबाट अमेरिकामा पाँच लाखकाे ज्यान गयाे

एजेन्सी । कोरोना संक्रमण शुरु भएदेखि हालसम्म अमेरिकामा करिब पाँच लाखले ज्यान गुमाएका छन् । काेराेना संक्रमणका कारण अमेरिकामा सबैभन्दा धेरैकाे ज्यान गएकाे छ ।

‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनुभएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजारभन्दा बढीको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ ।

तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी, एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…