Logo ११ श्रावण २०७८, सोमबार


‘संसद विघटनकाे कदम सर्वाेच्च अदालतबाट सच्चिनु पर्छ’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्दोलनरत पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध र्यालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्धारा सच्चिन सम्भव भएको बताउनुभएको हो ।

उहाँले सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताउनुभयो । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताउनुभयो ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्यालिमा प्रदर्शनकारीहरुले संसद पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताउनुभयो । संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि कू भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरु समेत खोसिएको अनुभुति भएकाले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।

प्रदर्शनकारीहरुले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधि सभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…