थप १२५ जनामा कोरोना भाइरस संक्रमण, मृतक संख्या शून्य

काठमाडौं । नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय २५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर एक हजार पाँच सय २९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।