Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपामा आएको समस्या मुलुककै लागि घातक भयो : मोहन विक्रम

शिव बोहोरा
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपामा आएको समस्या मुलुककै लागि घातक भएको बताउनुभएको छ । उहाँले नेकपा पार्टी भित्रको विवादले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि आक्रमण गरेको आरोप लगाउनुभएको हो ।

प्रगतिशिल पत्रकार संघ बागलुङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले संविधान रक्षा गर्न सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गर्दा ७० वर्षदेखि नेपालीले गरेको आन्दोलनका उपलब्धी समेत गुम्ने खतरामा पुगेको बताउनुभयो । सिंहले ओलीको कदमले गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषय खतरामा परिसकेको टिप्पणी गर्नुभयो ।

‘यो गलत कदमको सबै मिलेर विरोध गर्नुपर्छ । यो विवाद र संकटले संविधानको रक्षामा समेत समस्या भइसकेको छ’ उहाँले भन्नुभयो । उहाँले गणतन्त्रलाई संस्थागत गर्ने र धर्म निरपेक्षताको रक्षा गर्ने काम पूरा गर्नपनि संसद पुनस्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…