Logo ११ श्रावण २०७८, सोमबार


समृद्धिका लागि स्थानीय सरकारको क्रियाशिलता महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

पुष्पराज अधिकारी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिका लागि स्थानीय सरकारको क्रियाशिलता आवश्यक रहेको बताउनुभएको छ । सोमबार चितवनमा आयोजित बालअधिकार सुनिश्चितता सम्बन्धी प्रदेशस्तरिय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र क्रियाशिल हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निती बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो । उहाँले कार्यान्वयन गर्ने निकाय जिम्मेवार नबनेसम्म कुनै पनि कुरामा सफलता प्राप्त गर्न नसकिने हुँदा केन्द्र सरकारले पनि यो कुरालाई बुझेको बताउनुभयो ।

स्थानीय सरकार जिम्मेवार नबनेसम्म सिंगो मुलुकको विकास हुन नसक्ने भन्दै स्थानीय सरकारको क्रियाशिलताले नै मुलुकलाई अगाडि बढाउन सकिने तथा समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । मुख्यमन्त्री पोडेलले प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा प्रयाप्त काम गरेको समेत बताउनुभएको छ । उहाँले बालबालिकाका क्षेत्रमा प्रदेश सरकारले नीती र कार्यक्रममै व्यवस्था गरेर प्रयाप्त गर्न काम गरेको र गर्न खोजेको तर यसको कार्यान्वयन समेत स्थानीय तहबाटै हुने हुँदा स्थानीय सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…