Logo फाल्गुन १५, २०७७ शनिबार


विश्वभर ८ करोड ७७ लाख संक्रमणमुक्त, २४ लाख ८४ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा आठ करोड ७७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा आठ करोड ७७ लाख ६३ हजार नौं सय ९२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड २२ लाख ४७ हजार चार सय ६२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २४ लाख ४८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख ९८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ८८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९० लाख ९१ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख १२ हजार चार सय ६२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १० लाख १५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड सात लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५६ हजार चार सय ९८ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७३ हजार पाँच सय ५६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६९ हजार नौं सय ६६ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…