प्रिमियर लिग: क्रिस्टल प्यालेस विजयी

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा ब्राइटन पराजित भएको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको मैदानमा क्रिस्टलका जिन फिलिपे माटेटा र बेन्टेकेले गोल गरे । ब्राइटनका जोएल भेल्टम्यानले गोल गरे । माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरे ।
जीतसँगै क्रिस्टल लिगको १३औँ स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन १६औँ स्थानमा रहेको छ ।