मंगल ग्रहमा ‘पर्सिभिअरन्स’ अवतरण भिडियो सार्वजनिक

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘पर्सिभिअरन्स रोभर’ मंगल ग्रहमा अवतरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको छ।भिडियोमार्फत गत साता पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । त्यसमा रोबटका चक्काले ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ।
उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ। पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मंगल ग्रहको सतहमा राखेको हो। उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मंगल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो।
पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो। तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए। ती क्यामेराका तस्बिरहरूले इन्जिनियरहरूका लागि महत्त्वपूर्ण सुझाव दिने बताइएकाे छ । त्यसले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमासमेत सहयोग गर्नेछ ।
भिडियो