Logo फाल्गुन १४, २०७७ शुक्रबार


अस्पतालमा ल्याइएको मृतक चौबाटोमा चिया पिउँदै गरेको भेटिएपछि…

एजेन्सी । भारतको उत्तर प्रदेश देवरियाकाे अस्पतालका मृतक एक व्यक्ति चिया पिउँदै गरेका भेटिएका छन् । सडक दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेका बेला मृतक सडकको चौराहामा चिया पिउँदै गरेका भेटिएका हुन् ।

दुर्घटनामा मृत्युसँगै उनको सनाखतपछि पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको हो । तर, केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेकाे भेटिएका हुन् ।

घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए । उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि शव फुलेश्वरकै भएको बताए । पुलिसले शव पोस्टमार्टमका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो ।

गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका फुलेश्वर सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिएका थिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए हुन् । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…