महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा !

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । खरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको हो । तर स्रोतका अनुसार उहाको राजीनामा स्वीकृत हुन बाँकी छ ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिनुभएको बताइएको छ । यद्यपि उहाँले अदालतको फैसला आएसँगै राजीनामा दिने बताउनुभएको छ ।
प्रतिनिधि सभा पुनस्स्थापना सम्बन्धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट रहनुभएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । तर खरेलले भने राजीनामाको खबर हल्ला मात्र भएको बताउनुभएको छ । राजिनामाको खबर सार्वजनिक भएपछि महान्यायाधिवक्ता खरेलले मंगलवार आफूले राजीनामा नदिएको बताउनुभएको हो ।