Logo फाल्गुन १५, २०७७ शनिबार


‘न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ’

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पार्नुभयो ।

“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ”, उहाँले भन्नुभयो “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ रु” शक्ति पृथकीकरणको सिद्धान्तलाई आपूmहरुले विश्वास गर्ने जनाउँदै उहाँले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भन्नुभयो ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उहाँले प्रश्न गर्नुभयो, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ? ”

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उहाँले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गर्नुभयो । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उहाँले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…