Logo फाल्गुन १४, २०७७ शुक्रबार


आमाद्वारा १ वर्षीया छोरीको हत्या

रुपन्देही । जिल्लामा आमाले छोरीको हत्या गरेकी छिन् । मायादेवी गाउँपालिका वडा नम्बर-३ मा २१ वर्षीया प्रेमा यादवले एक वर्षीय छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि आफूले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले खोलामा शव गाडेको भन्ने खबर पाए लगत्तै प्रहरी सो क्षेत्रमा गएको थियो । दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

घाँटीमा शंकास्पद दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो। छोरीको हत्यापछि उनले घरमै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रेमाकी नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा रुपन्देही मायादेवी ३ हरहरवाकी मृतककी आमा प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र प्रेमाको साथी भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।