Logo फाल्गुन १५, २०७७ शनिबार


संसद विघटनको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे सुरक्षा परिषद् बैठकमा छलफल

काठमाडौं । संसद विघटनको मुद्दाको फैसलापछि अपनाइनु पर्ने आवश्यक सुरक्षा सतर्कताबारे सुरक्षा परिषद्को बैठकमा छलफल भएको छ । सोमवार बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा संसद विघटनको मुद्दाको फैसला र त्यसपछिको आवश्यक सुरक्षा सतर्कताबारे छलफल भएको हो ।

सर्वोच्च अदालतमा फैसलाको अन्तिम अवस्थामा रहेको संसद विघटनको मुद्दा आज (मंगलवार) हेर्दाहेर्दैको पेशीमा राखिएको छ । यो साताभित्र वा आउने शुक्रवारसम्ममा फैसला सुनाउने सर्वोच्चको तयारी रहेको समाचार बाहिरिएसँगै सरकारले त्यसपछिको सुरक्षा सतर्कताका बारेमा परिषदको बैठकमा छलफल गरिएकाे हो । सर्वाेच्चकाे आजकाे पेशीबाट फैसलाकाे मिति तय हुनसक्ने अनुमान गरिएकाे छ ।

राजनीतिक गतिविधिमा प्रतिवन्धको अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको विषयमा पनि छलफल भएको जनाइएको छ । छलफलमा सो समूहमाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा लामो छलफल भएको बताइएको छ । प्रतिवन्धमा परेको विप्लप नेतृत्वको सो समूह राजनीतिको मूला धारमा आउने सम्भावना बढेपछि सरकारले प्रतिवन्ध फुकुवा गर्ने तयारी गरेको चर्चा बाहिर आइसकेको छ ।

हिंसात्मक गतिविधि गरेका कारण सरकारले उक्त समूहलाई दुई वर्ष अघि प्रतिबन्ध गरी नेता-कार्यकर्ता पक्राउ गरी मुद्दा लगाउँदै आएको थियो। त्यस्तै, सुरक्षा परिषद्को बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षालगायतबारे छलफल भएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…