Logo फाल्गुन १५, २०७७ शनिबार


मैले राजीनामा दिएकाे छैन, दिने साेच पनि छैन : महान्यायाधिवक्ता खरेल

काठमाडाैं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो ।

आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आफूले प्रेस स्वतन्त्रताको बारेमा सधैँ अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधी समाचार आउँदा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भीर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भीर चासो, सरोकार छ र यसप्रति म दुःख व्यक्त गर्छु ।’

महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताउनुभयो । आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकुलतालाई अनुकुलतामा बदल्ने कोसिस पनि हुनसक्छ । सरकारको लडाईलाई कमजोर बनाउने पनि हुनसक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जबकी प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६/७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर तपाईहरुले राम्रो गर्नुभएछ भनेर बधाई छ धन्यवाद छ परिणाम आफ्नो ठाउँमा छँदैछ तर जे भएपनि तपाईहरुको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामी आशा गरेकै परिणाम सकारात्मक हुनसक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’

यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…