Logo फाल्गुन १४, २०७७ शुक्रबार


विद्यालयको ढोकामा च्यापिएर ८ वर्षीया बालिकाको मृत्यु

खगेन्द्र पराजुली
नवलपुर । विद्यालयकाे ढाेकामा च्यापिएर ८ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । स्लाइड गरेर खाेल्ने र बन्द गर्ने गेटबाट ट्रयाक्टर भित्र लैजानका लागि खाेलिएकाे ढाेका एक्कासी पल्टिदा खेल्दै गरेकी बालिका च्यापिएर घटनास्थलमै मृत्यु भएकाे हाे ।

अर्का एक बालक सामान्य घाइते भएकाे विद्यालय प्रशासनले जनाएकाे छ ।

कावासाेती नगरपालिका ५, काे कालीका माविमा कक्षा ३ मा अध्ययनरत छात्रा गमित्रा सिंजालीकाे मृत्यु भएकाे प्रधानाध्यापक लेखराज पाेखरेलले बताउनुभएकाे छ । कक्षा ४ मा अध्ययनरत ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन् ।

मृतक बालिकाकाे पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएकाे विद्यालय प्रशासनकाे भनाइ छ । सामान्य घाइते बालक ढकाल सामान्य उपचारपछि घर फर्किएका छन् ।

विद्यालयको ४१औं वार्षिकोत्सवको तयारी भएकाले विद्यार्थीहरू केही ढिलो गरी विद्यालय पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो ।

शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।