भूमि, भावना र भविष्यको सुरक्षा बोध हुने गरी काम गर्छु : प्रदेश प्रमुख झा

अनिल तिवारी
बारा । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले आफूले प्रदेशमा भूमि, भावना र भविष्यको सुरक्षा बोध हुने गरी काम गर्ने बताउनुभएको छ । बाराको जीतपुर स्थित नेपाल आर्मी २८ नम्बर बाहिनी अड्डाले निर्माण गर्न लागेको एकिकरण स्मृति उद्यानको अवलोकन गर्दै उहाँले प्रदेश २ का जनताहरुलाई भूमि, भावना र भविष्यको सुरक्षा बोध हुने गरी काम गर्ने बताउनुभएको हो ।
आफूले जीम्मेवारी पाएकाे कार्यक्षेत्र भित्र राम्रा कुराका साथै निर्माण हुन लागेका कुराहरुबारे जानकारी लिन बाराबाट आफ्नो कार्य शुरु गर्नुभएको उहाँले प्रदेश नम्बर २ का प्रत्येक नागरिकलाई अभिभावकको आभास दिलाउने गरी अगाडि बढ्ने जानकारी दिनुभयो ।
एक प्रशंगमा उहाँले आलोचना गर्नेहरुसँग आफूले प्रेम गर्ने गरेको बताउँदै सुरक्षा र सुशासनमा सुधार ल्याउन सबैले प्रत्यक्ष रुपमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
लगभग २२ करोडको लागतमा निर्माण हुन लागेको यस एकिकरण स्मृति भवनमा नेपाल आर्मी, प्रदेश नम्बर २ र केन्द्रीय सरकारको सहयोग रहेको नेपाल आर्मी २८ नम्बर बाहिनी अड्डा जीतपुरका प्रमुख बाहिनी पति जनसन खड्काले जानकारी दिनुभएको छ ।
करिव २ बिगहामा बन्न लागेको यस एकिकरण स्मृति उद्यानलाई ३ ओटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जस अन्तर्गत प्रवेशद्वार, मन्दिर, एम्पिथिएटर, परिदृश्य, मशक पेभिलियन, भोजपुरी, थारु, मुस्लिम समुदाय लगाएतले युद्धमा प्रयोग गर्ने एतिहासिक हतियारका साथै अन्य मुर्तिहरु राखिने बाहिनीपति खड्काले जानकारी दिनुभयाे ।