पशुपतिनाथ : भगवानलाई सुनकाे जलहरी, बाहिर खण्डहर

काठमाडौं । पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने तयारी भइरहेको छ । केही साताअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्नका लागि सरकारी कोषबाट ३० करोड दिने घोषणा गर्नुभएको थियो र त्यसअनुरुप अर्थ मन्त्रालयबाट ३० करोड रुपैयाँ बराबरको सुन निकासा गरिसकेको छ । एक सय एक किलो सुनको जलरी राख्नका लागि एक अर्ब खर्च हुने बताएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार एक दुई साताभित्रै सुनको जलरी राख्ने कार्य पूरा हुनेछ । मन्दिर भित्रको एउटा शिवलिंगमा एक अर्ब रुपैयाँ बराबरको सुनको जलहरी राख्ने तयारी भइरहँदा यस क्षेत्रमा रहेका कतिपय मन्दिर तथा सत्तलहरुमा सम्बन्धित निकाय तथा व्यक्तिहरुको आँखा परेको देखिएन । पुरातात्विक महत्वका यस्ता मन्दिर तथा सत्तलहरु खण्डहरमा परिणत हुन लाग्दासमेत जिर्णाेद्वार तथा मर्मतमा ध्यान नपुग्नु तथा सस्ताे लाेकप्रियताका लागि अन्यत्र कराेडाैं खर्च गर्नु सरकारी ढुकुटीकाे दूरूपयाेग पाे भयाे कि ! सम्बन्धित निकायकाे ध्यान जानु जरूरी छ ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार