अदालतको फैसलाले देशलाई संकटबाट जोगायो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाले देशलाई राजनीतिक संकटबाट बचाएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला आएसँगै सञ्चार माध्यमसँग कुरा गर्दै अध्यक्ष दाहालले अदालतको फैसलाले राजनीतिक संकटबाट देशलाई बचाएको बताउनुभएको हो ।
उहाँले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुभयो।
त्यसैगरी प्रतिनिधि सभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रहनु भएका नेकपाका नेता योगेश भट्टराईले सवोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उच्च बनाएको बताउनुभयो । उहाँले मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर अदालतले तीन करोड नेपालीको सम्मान प्राप्त गरेको बताउनुभयो ।